पाँचथरमा कोरोना सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृ त्यु — OSNepal

पाँचथरमा कोरोना सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृ त्यु

LC (KTM) June 24, 2021 0

पाँचथर, १० असार – कोरोना सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृ त्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृ त्यु भएको परिवारजनले जनाएका छन् । आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृ त्यु भएको हो ।

केही दिनअघि कोरोना सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज मृ त्यु भएको हो । यस्तै गत जेठ १७ गते कोरोना सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत आज बिहान मृ त्यु भएको छ । श्वासप्रश्वासमा समस्या रहेका उनको भेण्टिलेटरमा राखी उपचार भइरहेकामा आज उपचारकै क्रममा मृ त्यु भएको परिवारजनले जनाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर