काठमाडौं २१ भदौ । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्न सरकार सहमत भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा संसदको आयु लब्याउने प्रस्ताव फिर्ता गर्नु पर्ने सांसदहरूको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेको हो ।
सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा दुवै सदनको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो ।
साथै सो विषयमा समावेश भएका विधेयकका दुई वटा दफा (१३ र १४)हटाउने प्रस्तावलाई सरकारले स्वीकार गरेको छ ।