काठमाडौं २० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा सात सय मतदाताको नाम हटाउन भन्दै निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको विरोधमा स्थानिय आक्रोशित बनेका छन् ।
नेपाली कांग्रेस बुढानिलकण्ड नगर समितिले एमाले कार्यकर्ता र समर्थक मतदाताको नाम छानी छानी फर्जी मतदाता भन्दै हडाउन वडा कार्यालयमा सिफारिस पठाएको विरोधमा स्थानीयहरु बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आन्दोलनमा उत्रिएका हुन् ।
अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेका मतदाताले गगन थापालाई चुनाव जिताउने उद्देश्ये मतदाता नामावलीबाट आफुहरुको नाम हटाउन खोजिएको भन्दै विरोध जनाएका छन् ।
विरोधमा उत्रिएकाहरुले गगन थापा जिताउन किर्ते उजुरीकर्ता खडा गरेर ७ सय बढी मतदातालाई मतदानबाट बन्चित गर्न आरोप लगाएका छन् ।
कार्यालयमा दिएको किर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि विरोधीहरु आज बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आन्दोलनमा उत्रिएका हुन् ।