सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? — OSNepal

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LC (KTM) September 05, 2022 0

काठमाडौं, २० भदौ –

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर