सरकारले घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य गर्दै सरकारले, लाइसेन्स नलिइ कारोबार गरेमा १० लाख जरिवाना ! — OSNepal

सरकारले घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य गर्दै सरकारले, लाइसेन्स नलिइ कारोबार गरेमा १० लाख जरिवाना !

LC (KTM) September 05, 2022 0

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नका लागी लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको छ । मालपोत ऐन, २०३४ लाई संशोधन गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार प्रतिनिधिसभामा पेश गरेको छ ।

उक्त संशोधनमा घरजग्गा सम्बन्धी कारोबार गर्न चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुरसहित नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी समक्ष निवदेन दिनुपर्ने व्यवस्था गरिएको छ ।

तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुरसहित नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी समक्ष निवदेन दिएपछि घरजग्गा सम्बन्धी कारोबार गर्न चाहने व्यक्तिले बल्ल् कारोबार गर्न पाउनेछन् ।व्यहोरा ठिक देखिएमा सम्बन्धित अधिकारीले आवश्यक शर्त तोकी निवेदकलाई घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र दिन सक्ने छन् । त्यस्तो इजाजत पत्रको अवधि ५ वर्षसम्म कायम रहने छ ।

तर, कोही कसैले इजाजतपत्र नलिई घरजग्गा कारोबारको काम गरेको पाइएमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर