काठमाडौं १९ भदौ । कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना तथा सञ्चालन हुँदै आएका पसलहरु काठमाडौं महानगरपालिकाले हटाउन सुरु गरेको छ ।
अहिले कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरले जनाएको छ ।
साथै, अनाधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने पनि महानगरले जनाएको छ ।