काठमाडौं-अमेरिकामा रहेका नेपाली मुलका प्राध्यापक कैलाश घिमिरेले ‘पसिनाले अरब भिझ्दा’ बोलको गीत बजारमा ल्याएका छन्। गीतमा निशान भट्टराईको स्वर रहेको छ ।भने वसन्त सापकोटाको संगीत छ। गीतको शब्द घिमिरेको हो। विदेशमा काम गर्ने छोरालाई आउने गाँउघरको यादका बारेमा गीतमा उल्लेख छ।
मरूभूमिमा आफ्नो पसिना परेको तर गाउँमा बारी बाझै रहेको र बाबुआमाले बुढेशकालमा दुःख पाएको आम नेपाली समस्यालाई घिमिरले शब्दमा उतार्ने प्रयास गरेका छन्। यसअघि घिमिरेको २०७७ कात्तिकमा ‘पुतली’ नामक गीत सार्वजनिक गरेका थिए।