काठमाडौं ।
सदावहार नायिकाको उपनामले चिनिएकी लोकप्रिय सुन्दरी नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा अहिले पनि चलिरहन्छ । उनी बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति नेपालमा जानु अघिसम्म एउटा कलाकार मात्रै थिइन् । तर जुन दिन करिश्माले बाबुरामले खोलेको नयाँ शक्ति नामक पार्टीको कार्यक्रम शुभारम्भ स्थलमा उद्घोषण गरिरहँदा उनी पटक पटक चिल्इिन् ।
उनले नेताहरुको नाम उच्चारण गर्दा र बेला बेलामा बोलिएका अँग्रेजी शब्दहरुलाई गलत तरिकाले उच्चारण गर्न पुगिन् । जसबाट उनलाई हेर्ने दर्शक र सर्वसाधारणको नजर फेरियो । बाबुरामको कार्यक्रममा बोल्दा बोल्दै पटक पटक चिप्लिएकी उनी त्यसपछि भने उनको राजनीतिक यात्रा पनि अहिलेसम्म चिल्पिइ नै रहेको छ । केही समय बाबुरामको दलमा बसेकी उनले आँफुलाई राजनीतिमा नजोडी बस्न सकिनन् । भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीसँग एकता गराएपछि उनी निष्क्रिय भइन् । उनले आफ्नो पढाइ र कलाकारितालाई मात्र अगाडि बढाइरहेकी थिइन् । त्यहीबेला ओलीले फोन गरे ।
ओलीको फोनपछि उनमा पुनः राजनीतिको मोह जाग्यो । उनले ओलीलाई नजिकबाट नियाल्न थालिन् । उनका भाषण र विचारलाई सुन्न थालिन् । जति जति सुन्दै गइन्, उनलाई ओली र एमालेप्रति आकर्षण जाग्न थाल्यो । उनले तारन्तार ओलीबारे र उनीसँग सम्बन्धित स्टाटस फेसबुकमा लेख्न थालिन् । ओलीले फोन गरेको कुरालाई ब्यक्त गर्न खोज्दा उनी चिप्लिइन् । जसका कारण उनी लामो समयसम्म ट्रोलरहरुबाट घेरीइरहिन् ।
पछि उनी एमालेमा प्रवेश गरिन् । एमाले पार्टी प्रवेश गर्दै उनले ओली र एमालेको प्रशंसा गरिन् । एमाले प्रवेश गर्नुको प्रमुख कारण भनेको, ओलीको व्यक्तित्व नै प्रमुख रहेको प्रष्ट पारिन् । पार्टी प्रवेश कार्यक्रममा करिश्माले नेता भनेको पथप्रदर्शक हुने भन्दै ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाएको बताइन् । ओलीको इनर्जी देखेर आफू ताजुब भएकीसमेत बताइन् । एमालेले मुलुकको परिवर्तन र समृद्धिको एजेन्डा बोकेको पार्टी भएको भन्दै अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने गरेकोसमेत बताइन् । यतीसम्म त ठिकै थियो बोल्दै जाँदा उनी फेरी एक पटक चिप्लिइन् । उनले न्वारनको नाम नै आफ्नो सूर्यकुमारी रहेको भनेर । उनी फेरी अर्को पटक ट्रोलबाट जोगिन सकिन्न् । आफ्ना वास्तविक कुरा ब्यक्त गर्दा गर्दै करिश्मा दोस्रो पटक चिप्लिइन् ।
राजनीतिसँगसँगै समाजसेवामा पनि उस्तै रुची राख्छु भनेर देखाउन खोज्दा करिश्मा निहारिका राजपुत प्रकरणमा जोडीइन् । सुरुमा निहारिकालाई आफ्नी छोरी जस्तै भएको भन्दै घरमा नै आएर बस्न आग्रह गरिन् । तर निहारिकाले आँफुलाई बास भन्दा पनि न्याय चाहिएको बताएपछि करिश्माले निहारिकालाई बाहिर नै भेटेर २० हजार सहयोग गरिन् । तर यो प्रकरणमा जया नारी सावित्री सुवेदी जोडिएपछि निहारिकाले पैसा संकलन गरेको विषयमा आपत्ति जनाएपछि सावित्री पनि बिच्किइन् र यो अभियानबाट सावित्री बाहिरिइन् । सावित्री बाहिरिएपछि ‘कुमारी आमा’ निहारिका विरुद्ध लागेको उनी बताउँछछिन् ।
सावित्रीकै कुरा सुनेर करिश्माले आफ्ना निजी तस्विरहरु बाहिर ल्याएको निहारिका बताउँछिन् । निहारिकाका तस्विर जब करिश्माले आफ्नो फेसबुकमा पोस्ट गरिन् करिश्मालाई निल्नु न ओकल्नुको अवस्था आयो । एक त दोस्रो ब्यक्तिका निजी तस्विर अनुमती बिना बाहिर ल्याउनु । अर्को सावित्रीको बहकाबमा आउनु ।
अर्को सावित्रीलाई सच्चिन आग्रह गर्नुले करिश्मा फेरी ट्रोलको शिकार बन्न पुगिन् । यतिन्जेली करिश्मालाई आम सर्वसाधारणले करिश्मा भन्दा पनि सूर्य कुमारीको नामले सामाजिक संजालमा ट्रोल गर्न थालेका थिए । करिश्माका हरेक पोस्टमा अहिले सूर्यकुमारी भन्दै कमेन्ट गर्नेहरु कैयौँ छन् ।
जसले करिश्मालाई सुझाव समेत दिइरहेका हुन्छन् । यता निहारिकाका ब्यक्तिगत तस्विरहरु बाहिर ल्याएपछि निहारिकाले सहयोग रकम गरेको रकम मध्येबाट एक हजार थप गरेर रकम फिर्ता गरेपछि फेरी एक पटक चिप्लिइन् करिश्मा । करिश्माको पैसा फिर्ता गर्न निहारिका उनकै घरमा पुगिन् । त्यो पनि बच्चा बोकेर । घरमा करिश्मा नदेखिएपछि एक कार्यक्रममा पुगेर करिश्मालाई भेटिन् निहारिकाले । जहाँ उनीहरुबिच पानी बाराबारको अवस्था जस्तो दृश्य देखियो ।
उक्त दिनको भिडियोमा करिश्माले पैसा नलिएपछि भुईमा खसेको देखिन्छ भने निहारिकाले करिश्माले दिएको २० हजारमा १ हजार थपेर २१ हजार र सानो छोराको चश्मा समेत फिर्ता दिइन् । यो भिडियो बाहिर आएपछि पनि करिश्मालार्य सूर्यकुरमारी भन्न छाडेनन् ट्रोलरहरुले ।