काठमाडौं १८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको कारण सीट बाँडफाँडको विषयले टुंगो पाउन नसकेको बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले आफ्नो हैसियत भन्दा बढी सिट मागेको भन्दै यस्तो बताएका हुन् ।
कांग्रेसमा अहंकार देखिएकाले सय सिट मागेको आक्रोश पोखे उनले कांग्रेसले आफ्नो हैसियत बिर्सिए आफ्नो पार्टीले एक्लै चुनाव लड्ने बताए ।
नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सीट चाहियो, उब्रिएको तिमीहरु बाँड भन्छ । ‘
२३ को तीन गुणा ६९ सीटसम्म दिन सकिन्छ । त्यसमा एउटा सीट थपेर ७० दिउँला भन्दा पनि यस सिटको दावी गर्दै आएको कांग्रेस सहमतिमा नआए नेकपा एसले समानुपातिकमा २० लाख मत भन्दा बढी ल्याउने दावी गरे ।