काठमाडौं १८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आवश्यकता आफु प्रधानमन्त्री हुनु रहेको बताएका छन् ।
शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि देशले आफ्नो भुमिका प्रधानमन्त्री पदमा खोजेको बताएका हुन् ।
‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ,’उनले भने ।
देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर आफु सक्रिय राजनीतिमा लागेको बताएका उनले देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि आफुसँग भएको बताए ।
सुशासन भए मात्र देशले समृद्धि हासिल गर्न सक्ने भन्दै स्वतन्त्रता, सम्वद्र्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने भन्दै नेता पौडेलले भने, ‘म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।’