बलिउडकी क्युट नायिका आलिया भट्ट फिटनेसको लागि कत्तिको सजग छिन् यो सबैले जानकै छ । उनको वर्कआउटको भिडियो तथा जिम लुक्स सामाजिक सञ्जालमा हरेक दुई दिनमा देख्न पाईन्छ । हालसालै नायिकाले आफ्नो जिम वर्कआउटको एउटा गतिलो भिडीयो शेयर गरेकी छिन् ।
उनले इन्ष्टाग्रामको स्टोरीमा उक्त भिडीयो सार्वजनिक गरेकी हुन् । तर यो भिडीयोमा याद गर्ने कुरा यो छ कि आलियालाई यो वर्कआउट भन्दा पहिला कति वेट उठाउनु पर्छ भन्ने नै थाहा थिएन् । भिडियोमा आलिया बेंचमा बसेर बारबेल हिप थ्रस्ट्स गरिरहेको देख्न सकिन्छ ।
यो भिडीयोलाई आलियाको जिम ट्रेनर सोहराब खुशरुशाहीले आफ्नो इन्ष्टाग्राम एकाउण्डमा शेयर गरेकी थिईन् । उनले लेखेकी थिईन्– कहिले काही तपाईलाई धेरै शक्ति लगाउन पर्छ । जिन्दगीको लागि तयार हुन्छ एकबारमा एक काम । सधै भीडको सबैभन्दा मेहनती ब्यक्ति बन्नुहोस् ।
आलियालाई वर्कआउट भन्दा अगाडि आफ्नै तौलको थिएन अन्दाज : उनको यो भिडियोमा आलियाले आफ्नो इन्ष्टाग्राम स्टोरीमा शेयर गर्दै लेखेकी छिन्– तपाईले भिडियोको त्यो अंश छोड्नुभयो जब तपाईले वजनको बारेमा मलाई झुट बोल्नुभयो ।
तपाईले आलियाको यो निर्दाेष क्याप्सनबाट बुझिसक्नु भयो होला कि अभिनेत्रीका लागि सजिलो नहुने यस वर्कआउटका क्रममा उनले कति भार बोक्नुप¥यो होला भनेर ।