काठमाडौं १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले छाडेर गएका सबै आफ्ना पूर्वसहकर्र्मलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।
शनिबार एमाले सम्पर्क समन्वय कमिटीलेआयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका हुन् ।
एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताएका उनले एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसेकेको टिप्पणी गरे ।
‘जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’ उनले भने ।