पर्वतको कुश्मा बजारबाट लागू औषधसहित १९ वर्षीया युवती पक्राउ — OSNepal

पर्वतको कुश्मा बजारबाट लागू औषधसहित १९ वर्षीया युवती पक्राउ

LC (KTM) September 02, 2022 0

पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारबाट लागू औषध ब्राउन सुगरसहित पोखरा, घारिपाटन डेरा गरी बस्ने १९ वर्षीया आफ्रिन खानलाई प्रहरीले पक्राउ गरेको हो । तस्बिर ः सुमनजंग थापा, रासस

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन
जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।

केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताउनुभयो । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन् ।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायत बताउनुहुन्छ । जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ ।

काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा रु तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर