काठमाडौं १६ भदौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान रोक्न सक्ने बताएका छन् । बिहिबार गृहजिल्ला पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष ओलीले परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रधानमन्त्री बनाइदिए बापत लेनदेन भएको र न्यायाधीशहरू बिकेको पोल खोल्न थालेपछि जवारको बयान रोक्ने काम भइरहेको बताए ।
‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’ ओलीले भने । राणाको बयान बिहीबार रोकिएपछि ओलीले गठवन्धन सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।