खेतमा काम गरि घर फर्किने क्रममा खहरे खोलाले बगाउँदा मणिरामको ज्यान गयो — OSNepal

खेतमा काम गरि घर फर्किने क्रममा खहरे खोलाले बगाउँदा मणिरामको ज्यान गयो

LC (KTM) June 23, 2021 0

दाङ, ९ असार- खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृ त्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका — ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा आज साँझ ५ बजेतिर मृ त्यु भएको हो । उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक-खेम्स क्लिनिङका खेम शर्माले लेख्नुभएको पुस्तक ‘स्वर्णिम रहस्य’ सार्वजनिक भएको छ । अष्टे«लियाको राजधानी सिड्नीको रक्डेलस्थित इन्द्रेणी फक्सन सेन्टरमा नेपाल पत्रकार सङ्घ अष्ट्रेलियाले आज आयोजना गरेको कार्यक्रममा पूर्व राजदूत महेश दाहालले पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रतिभाशाली शर्माले जीवनमा भोगेका कुरा आम मानिसका लागि प्रेरणाका रुपमा पुस्तकमा प्रस्तुत गर्नुभएको सुनाउनुभयो ।

न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपक खड्का, अष्टे«लियामा रहनुभएका नेपाली समाजसेवीहरु डा नारायण प्रधान, इन्द्रा वन,अध्यात्म उत्प्रेरक योग गुरु आचार्य राजन शर्मा, पत्रकारत्रय हेमन्त काफ्ले, मनऋषि धिताल, ऋषि आचार्य, गैर अवासीय नेपाली सङ्घका प्रतिनिधिलगायतले जीवन भोगाइलाई समेटेर लेखिएको पुस्तक नेपाली समुदायका लागि पठनीय रहेको बताउनुभयो ।

शर्माले दिनचर्या, मानिसले आफूलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा केन्द्रित भएर पुस्तक लेख्नुभएको हो । पाँच वर्षअघि उहाँले पशुपतिनाथ मूल मन्दिर क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नमूनाका रुपमा सफाइ गरी नेपालीको ध्यानाकर्षण गराउनुभएको थियो । पुस्तकको मूल्य २० डलर राखिएको छ ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर