काठमाडौं १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान भोली पनि हुने भएको छ ।
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आज सिंहदरबारमा चोलेन्द्रमाथि लिएको बयान नसकिएपछि बयान भोली पनि लिने भएको हो ।
४३ वटा प्रश्न तयार पारेको समितिलाई आज चोलेन्द्रले ४ ओटा प्रश्नको मात्र जवाफ दिएका छन् ।
आफूमाथिको महाअभियोग प्रस्ताव नै अवैध रहेको बताएका उनले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित बताएका थिए ।
उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको बताए ।