आज हुने भनिएको पल शाहको मुद्दामाथिको सुनुवाइ एकाएक किन गरियो स्थगित ? — OSNepal

आज हुने भनिएको पल शाहको मुद्दामाथिको सुनुवाइ एकाएक किन गरियो स्थगित ?

LC (KTM) August 31, 2022 0

तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज हुने भनिए पनि सुनुवाइ स्थगित भएको छ । न्यायाधीश दलबहादुर केसी अनुपस्थित भएकाले सुनुवाइ स्थिगित भएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश केसीको इजलासमा परेको थियो । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । यता नवलपुर अदालतले भने भदौ २१ गतेका लागि पेशी तोकेको छ ।

शाहले मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर