काठमाडौं १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले परमादेश जारी सरकारले आफुमाथि महाअभियोग लगाएको बताएका छन् ।
बयान दिन सिंहदरबार पुगेका जवराले महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा परमादेश जारी गर्ने पाँच न्यायाधीशमध्ये आफूमाथि मात्रै महाअभियोग लगाइएको प्रति आपत्ती जनाएका हुन् ।
‘मैल या अरु न्यायाधीश जसले गरे फैसला गरे पनि एउटा पक्षले त प्रश्न उठाउने नै भयो,कोही न कोही त असन्तुष्ट हुन्छ नै, त्यसो हुँदा हरेक मुद्दामा प्रश्न उठ्नु स्वभाविक पनि हो।’ बयान दिने क्रममा जवराले भने ।
आफुले गरेको फैसला एउटा पक्षबाहेक सबैले ठीक भनेको बताएका उनले यही गठबन्धनले पनि यो फैसला ठीक छ भनेको तर त्यो फैसला गर्ने अरु न्यायाधीश छाडेर महाअभियोग मविरुद्ध मात्रै किन लगाइयो भन्दै उनले प्रश्न गरे ।’ अरु चारजनाविरुद्ध किन गरिएनरु’ उनले प्रश्न गरे ।
‘खासमा त्यस फैसलालाई लिएर महाअभियोग त एमालेले लगाउनुपर्ने हो, तर यही कुरा मिलेन। परमादेशबाट सन्तुष्टहरुले नै मविरुद्ध महाअभियोग लगाए।’ उनले बयान दिने क्रममा अघि भने ।