तनहुँ –
जिल्ला अदालत तनहुँमा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा सुनुवाइ सुरु भएको छ ।अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि उनी स्वयमले प्रहरीसामु आत्मसमर्पण गरेका थिए । त्यस्तै यता नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा रहेको छ ।
शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेले नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको बताए ।