काठमाडौं १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग स्वत: निष्क्रिय भइसकेको बताका छन् ।
महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा जवराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दाबी गरेका हुन् ।
नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित बताएका उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको बताए ।
संसदले नै आफ्नो नियमावलीको पालना गर्न नसकेको भन्दै जवराले आफु पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएकाले आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।