काठमाडौं-पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रुपा सुनारको विद्रोहलाई सबैले साथ दिन आग्रह गरेका उनले सामाजिक संजालमा ट्विट गर्दै यस्तो आग्रह गरेका हुन् ।
रुपा सुनारलाई व्यक्तिगत रूपमा नचिने पनि नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनुपर्ने बताए ।
उनले लेखेका छन् उनले लेखेका छन्, रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ, तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ।
यसमा कसैले कुनै किन्तुपरन्तु नगरौ’।काठमाडौंमा दलित भन्दै आफूलाई कोठा भाडामा नदिइएको भन्दै रुपाले एक घरबेटी विरुद्ध उजुरी दिएकी थिइन् । ती घरबेटीलाई जिल्ला अदालत काठमाडौंको आदेशपछि प्रहरीले आज रिहा गरेको छ।