काठमाडौं १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरिएको छ । महाअभियोग सिफारिस समितिले जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरेको हो । पत्रकारहरुलाई समेत कोठाबाट बाहिर पठाइको छ ।
पत्रकारहरुलाई बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि बाहिर पठाइएको हो । ११ बजे नै सिंहदरबार पुगेका जवरासँग लिएको बयान रेकर्ड गरिने समितिले जनाएको छ ।
बयान लिनु भन्दा अगाडी नै जवरा विरुद्धका प्रमाणहरू नेपाल बार एशोसिएसनले समितिलाई दिएको छ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि जवरा स्वत निलम्बनमा परेका थिए ।