डा. वावुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी को प्रवास प्रदेश संगठन अन्तर्गत अष्ट्रेलियामा रहेको अन्तराष्ट्रीय नेपाली समाज, अष्ट्रेलियाको संगठन पुनर्गठन घोषणा शनीबार सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सुमन खरेलको अध्यक्षतामा १९ सदस्सिय कार्यसमिति गठन गरेको हो ।समितिको उपाध्यक्ष मा संसार पुन, महासचिवमा कृष्ण कार्की,सचिवमा टिकाराम राई, कोषाध्यक्षमा टिकाराम सापकोटा , पब्लिक अफिसर मा तीर्थ राज कार्की, युवा संयोजकमा संजीव अंगाई सहीत 19 सदस्यीय कार्यसमिति गठन गरेको नव गठित समितिका अध्यक्ष खरेलले बताउनुभयो ।अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलिया को केन्द्रिय सदस्य हरु मा सुवान चौलागाईं, तिर्थ राज कार्की, बाबु गोर्खाली,वीर बहादुर राई,सन्तोष आचार्य, अनुप गौतम,सुबिन श्रेष्ठ, प्रिति कडारियन, लक्ष्मण भण्डारी, अमर अधिकारी, सचिन रानाभाट, निशान्त नेपाल, सीताराम पन्त, सन्जिब अंगाइ रहनु भएको छ।
संगठन को उदेश्य राजनीतिक नभइ अष्ट्रेलिया मा रहेका समुदायको सेवा, विशेष गरि अन्तराष्ट्रिय विद्यार्थी हरुको समस्या समाधान मा केन्द्रित रहने र यहाँ रहेका अन्य संघ संस्था र नेपालि राजदुतवास सँग सहकार्य लागयत विभिन्न समाजिक कार्यक्रम हरूमा सक्रिय रहेर आगडि बढ्ने रहेको बताउनु भयो। नवगठित समिति लाई नेपाल समाजवादी पार्टीका कार्यकारी सदस्य तथा प्रवास प्रदेश समिति का ईन्चार्ज जिएस गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रबाश प्रदेश समितिका अध्यक्ष धन गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रबाश प्रदेश समितिका उपाध्यक्ष सुवन चौलागाईं र आई एन एस अष्ट्रेलिया का पूर्व महासचिब तिर्थ राज कार्की ले बधाई तथा शुभकामना दिनु भएको थियो। कार्यक्रम मा प्रवासी नेपालि एकता मंचका महासहिब अच्युत थपलिया, नेपालि जनप्रर्गतिशिल मंच अष्ट्रेलिया का कोषाध्यक्ष प्रतीक पोखरेल लागायत ले सबोधन गर्नु भएको थियो। सन्तोष आचार्यले सन्चालन गर्नुभयको कार्यक्रम सुमन खरेलको सभापतित्व मा सम्पन्न भएको थियो।