नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि, ८१ जनाले गुमाए ज्यान — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि, ८१ जनाले गुमाए ज्यान

LC (KTM) June 23, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अबधीमा थप ३५५८ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अबधीमा थप ३५५८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै सोही अबधीमा थप ५२ जनाको मृत्यु भएको छ ।बिगतका केही दिनका संमित २९ जना थपिदा ८१ जनाको निधन भएको देखिन्छ । हालसम्म ८ हजार ८९४ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर