रुपा सुनारलाई दलित भन्दै कोठा भाडा नदिएका कारण समातिएकी यि महिला छुट्दा नेतालाई जस्तो स्वागत गरियो — OSNepal

रुपा सुनारलाई दलित भन्दै कोठा भाडा नदिएका कारण समातिएकी यि महिला छुट्दा नेतालाई जस्तो स्वागत गरियो

LC (KTM) June 23, 2021 0

काठमाडौं । इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरधनी सरस्वती प्रधान छुटेकी छिन् । आफूलाई जातको आधारमा कोठा नदिएको भन्दै रुपा सुनारले दिएको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई बुधबार जिल्ला अदालत, काठमाडौंकोआदेशपछि उनी रिहाइ भएकी हुन् । तीन दिन अघि प्रहरी वृत्त, सिंहदरबारले उनलाई पक्राउ गरेको थियो ।

उनको पक्राउको नेवार समुदायले चर्को विरोध गरेको थियो । २४ वर्षीया पत्रकार समेत रहेकी रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएपछि ५८ वर्षीया सरस्वती प्रधानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । गत मंगलबार बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर