रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको निधन — OSNepal

रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको निधन

LC (KTM) June 23, 2021 0

काठमाडौं-रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको दुखद निधन भएको छ । निधन हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढा रहेको प्रहरीले जनाएको छ ।

हुमामा मंगलबार राति आएको पहिरोले दुई तले घर पुर्दा तीन जनाको घटनास्थलमै मृ त्यु भएको हो । घटनामा घाइते टीका बुढामगरलाई सेनाको हेलिकोप्टरमार्फत बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएकाले हेलिकोप्टरमार्फत लैजाने तयारी गरिएको बताइएको छ ।

यो पनि, नमोबुद्धका कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताउनुभयो । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले ५६ वटा मौरीसहितको घार हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण गरिएको बताउनुभयो । आगामी वर्ष पनि सो कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले यसै वर्षदेखि अनुदानमा भैँसी तथा बाख्रा वितरण अभियानको शुरुआत गरिसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले नमोबुद्ध नगरलाई अग्र्यानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको उल्लेख गर्नुहुँदै त्यसमा कृषकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । कृषिमा नै आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण थालिएको उहाँको भनाइ छ ।

कृषक रामप्रसाद घिमरेले नगरपालिकाले मौरीको घारसहित तालिमसमेत दिएर व्यवस्थित एवं व्यावसायिकरूपमा मौरीपालन अघि बढाउन हौसला मिलेको बताउनुभयो । नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ । त्यसरी वितरण गरेको कृषकले पालन गरेको मौरीबाट उत्पादन भएको महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने योजना तय भएको जनाएको छ ।

नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १५५ वडा भैँसीको पाडी वितरण गरिसकेको । चालु आवमा नै बाख्रा वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ । त्यससँगै किसानलाई कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर), ५० प्रतिशत अनुदानमा मिनीटिलर, इलेक्ट्रिक पम्प र फलफूलको बिरुवा वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर