‘राधे राधे’ सल लगाएर शेरबहादुरले पत्नि र छोरासँग खिचाएको तस्विर भाइरल — OSNepal

‘राधे राधे’ सल लगाएर शेरबहादुरले पत्नि र छोरासँग खिचाएको तस्विर भाइरल

LC (KTM) June 23, 2021 0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको परिवारमा जम्मा ३ जनाको सदस्य रहेको छ । देउवाको सानो परिवारको एउटा तस्विर अहिले भाइरल बनिरहेको छ ।

तस्बिरमा देउवासहित उनकी पत्नी आरजु राणा देउवा र छोरा जयवीर देउवा पनि साथमा छन् । हत्तपत्त तस्विरमा नदेखिने र मिडियामा आउन नरुचाउने छोरा जयवीर यसपटक भने बाबु आमाका साथमा देखिएका छन् ।

जुन तस्विरलाई देउवा पत्नि आरजु राणा देउवाले आफ्नो फेसबुकमा पोस्ट गरेसँगै भाइरल बनेको हो । तस्बिरमा देउवा, आरजुले दुबोको माला लगाएका छन् । देउवा परिवारको ‘राधे राधे’ सल लगाएको यो तस्बिर भाइरल बनिरहेको छ ।

हिन्दु धर्मको कुनै पूजापछि खिचिएको यो तस्बिरले आफूलाई हिन्दु धर्म संस्कृतिसँग जोडेर सन्देश दिइरहेको बन् भने बुझ्न सकिन्छ । पछिल्लो समय राजनीतिक दलका नेताहरुले आफूलाई हिन्दु धर्म संस्कृतिसँग जोडेर सन्देश दिइरहेका छन् । आरजु देउवाले यो तस्बिर राख्नु अर्थपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर