काठमाडौं १२ भदौ । काठमाडौं महानगरको अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियान निरन्तर जारी छ ।
आज महानगर नगर प्रहरीले भोटाहिटी-रत्नपार्कको अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेको छ । सब-वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना नगर प्रहरीले अहिले भत्काइरहेको छ ।
सो भत्काउनु अघि त्यस स्थानमा रहेको व्यवसायीलाई समान हटाउन निर्देशन दिइएको छ ।