आकाशमा उडीरहेका बेला शेरबहादुर तामाङ र राजेन्द्र महतोको मन्त्री पद चैट — OSNepal

आकाशमा उडीरहेका बेला शेरबहादुर तामाङ र राजेन्द्र महतोको मन्त्री पद चैट

LC (KTM) June 23, 2021 0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्ला दिनमा एक पछि अर्को गर्दै कडा झड्का लागिरहेका छन् ।

सर्वोच्च अदालतले कामचलाउ ओली सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त हुँदा निकै रोचक दृश्य देखिएका छन् । रोचक कुरा त सरकारका दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै मन्त्रबी पद चट भएपछि उनीहरु विलखबन्दमा परेका छन् ।

उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ केहीदिनदेखि फुर्ति पार्तिका साथ मज्जाले हेलिकप्टरमा सयर गरिरहेका थिए । तर उनीहरुको खुशी धेरै समय टिक्न पाएन ।

मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला महतो हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक पुगेका थिए । हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उनीहरुको मन्त्री पद चट भएपछि उनीहरु रुनुकी हाँस्नुको अवस्थामा पुगेका छन् ।

गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो र तामाङ दिउँसो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ उडेका थिए । तामाङ सोही क्षेत्रका निवर्तमान सांसद हुन् । आफ्नो क्षेत्र तथा बाढी पिडितहरुलाई भेटेर फर्किए लगत्तै उनको मन्त्रीपद चट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर