मेलम्ची नदीमा बाढी — OSNepal

मेलम्ची नदीमा बाढी

LC (KTM) August 28, 2022 0

मेलम्ची-गएराति देखिको वर्षाले मेलम्ची नदीमा आएको बाढी । बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची– ११ मा सडक अवरुद्ध भएको छ । तस्बिर ः देवराज सुवेदी÷रासस

मेलम्ची–हेलम्बु सडक अवरुद्ध
गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर