मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा शिक्षकको सहयोग — OSNepal

मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा शिक्षकको सहयोग

LC (KTM) June 23, 2021 0

सिन्धुपाल्चोक, ९ असार – मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा बाढी आउँदा हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा ठूलो धनजनको क्षति भएको थियो । बाढमिा सयौँ घर बगाउनुका साथै मानवीय क्षतिसमेत भएको थियो । मेलम्ची–६ मा रहेको तेर्से माध्यमिक विद्यालयमा समेत क्षति पु¥याएको थियो । विपद्को यस घडीमा पीडितहरुलाई सहयोग गर्नु र नगरपालिकालाई साथ दिनु कर्तव्य ठानी उक्त सहयोग गरिएको ढुङ्गानाले बताउनुभयो ।

हुतराजको एक लाख सहयोग-उक्त कोषमा हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले रु एक लाख एक हजार जम्मा गरेको छ । सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको सो संस्थाले तत्कालको राहतका लागि उक्त रकम सहयोग गरेको र पछि थप रकम सहयोग गर्ने संस्थाका सचिव सुर्दशन पाण्डेले जानकारी दिनुभयो । संस्थाले जिल्लाका बाढी पहिरो पीडितका लागि अक्षयकोष स्थापना गरी रु दुई लाख जम्मा गरेको र हालसम्म रु पाँच लाख पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा बसोबास गर्दै आएका डा दामोदर पाण्डेको समन्वयमा गो फन्ड कोष स्थापना गरी सङ्कलन गरिएको रकम प्रभावित स्थानीय तहलाई हस्तान्तरण गरिने छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर