काठमाडौं ।
नेपाली कथानक चलचित्र ‘प्रकाश’आजबाट देशभर रिलिज हुँदै छ ।
प्रिमियरमा निकै राम्रो प्रतिक्रिया बटुलेको नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको प्काशमा तत्कालीन माओवादी–सरकारबीचको द्वन्द्वको कथामा चलचित्र केन्द्रित रहेको बुझाइ रहे पनि यथार्थमा चलचित्रले शिक्षक बन्ने युवाको संघर्ष बोल्ने फिल्ममा प्रदीपका अलावा दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ ।
महेन्द्र अधिकारीको निर्माणमा दिनेश राउतले निर्देशन गरेको चलचित्रको ट्रेलर पनि खुबै रुचाइएको छ ।
यसअघि नायक प्रदीप खड्कालाई जुन रुपमा चलचित्रमा हेर्नुभएको थियो, ‘प्रकाश’मा निकै फरक पाइने निर्माण यूनिट बताउँछ ।