नेपाल टेलिकमको मोबाइल नेटवर्क २ घण्टापछि संचालनमा आयो, फोन लाग्न थाल्यो — OSNepal

नेपाल टेलिकमको मोबाइल नेटवर्क २ घण्टापछि संचालनमा आयो, फोन लाग्न थाल्यो

LC (KTM) June 23, 2021 0

काठमाडौँ– आज बिहानैदेखि अवरुद्ध नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ । बिहान झण्डै २ घण्टा अवरुद्ध भएको नेटवर्कबाट नेपाल टेलिकमको पोस्टपेड र प्रीपेड दुवै सीममा फोन नलागे पनि एनसेलमा भने फोन लागेको थियो ।

नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीका अनुसार एचएलआर नेटवर्कमा समस्या आएको र प्राविधिक टिमले सो समस्या आएको जानकारी दिए ।

बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर नहुँदा सेवाग्राहीहरु मर्कामा परेका थिए । टेलिकमबाट टेलिकमका सिममा फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर