सुत्केरी हुन नसकेपछि रुकुमकी १९ वर्षीया भूमीकालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगियो — OSNepal

सुत्केरी हुन नसकेपछि रुकुमकी १९ वर्षीया भूमीकालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगियो

LC (KTM) June 23, 2021 0

रुकुम ९पूर्व० का एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका १९ वर्षीया भूमीका पुनमगरलाई हेलिकोप्टरबाट उद्धार गरेर आज सुर्खेत लगिएको गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिनुभयो ।

उहाँका अुनसार ती महिलालाई गएराति १२ बजेमात्रै मैकोट स्वास्थ्यचौकीमा पु¥याइएको थियो । सो स्वास्थ्य सस्थामा सुत्केरी गराउन जटिलता आएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हवाई उद्धार गरिएको स्वास्थ्य संयोजक गिरीले बताउनुभयो ।

भरपर्दो र प्रभावकारी स्वास्थ्य संस्था तथा प्रसूतिगृह नहुँदा जिल्लाका दूर्गम भेगमा गर्भवती तथा सुत्केरीले जोखिम मोल्दै आएका छन । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट पनि यहाँका महिलालाई केही राहत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर