काठमाडौं ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड खाएर हिँड्ने मान्छेहरूको सालिक बनाउने अनि सहिदहरूको सालिक बनाउनु पर्दैन रु भन्दै माओवादीलाई प्रश्न गरेका छन् ।
अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ओलीले माओवादी युद्धमा घाइते भएकाहरूलाई एमालेमा आए आफुले उपचार गरिदिने बताए ।
‘म आज पनि भन्न चाहन्छु, माओवादी युद्धमा घाइते भएकाहरू नेकपा एमालेको पार्टी कार्यालयमा आउनुस्, म तपाईंहरूको शरीरमा रहेको गोली निकाल्छु,’ उनले भने ।
ओलीले १४ वर्ष जेल बसेको आफुलाई पार्टीको साधरण सदस्यबाट निकाले भन्दै प्रश्न गरेका ओलीले भने , ‘गोलघरमा बसेको मान्छे पार्टीबाटै आउट मलाई पनि भोट हाल्न त दिनुपर्थ्यो ।’