जुम्लामा उत्पादन हुने तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात — OSNepal

जुम्लामा उत्पादन हुने तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात

LC (KTM) August 22, 2022 0

जुम्ला- जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ ।कारितास जर्मन र कारितास नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजना सञ्चालनमा छ ।

यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही कृषि सङ्कलन केन्द्रले स्थानीयस्तरमा उत्पादित सङ्कलित कृषिजन्यवस्तु दैलेख, जुम्ला, कालीकोट र मुगु जिल्लासम्म ढुवानी भएको छ । कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार सात क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, नौ क्विन्टल दैलेख, सात क्विन्टल कालीकोट र तीन क्विन्टल स्थानीय रारालिही बजारमा गोलभेडा बिक्री गरिएको छ ।

यस्तै एकसय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार गरिएको छ । आलुखेती उत्पादन घट्दो क्रममा रहेकाले स्थानीय आलुको उत्पादन बढाउन आइपिएम विधिमार्फत आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ । उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ ।

दुवै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले जानकारी दिनुभयो । पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधारशील कृषक समूहमा १६ हप्तासम्म सञ्चालन गरिएको हो । पाठशालाको अन्तमा उन्नत प्रविधिबाट छ क्विन्टल र परम्परागत प्रविधिमार्फत चार क्विटल आलु उत्पादन भएको हो । उन्नत प्रविधिबाट आलुको उत्पादनमा वृद्धि भएपछि कृषकले उन्नत प्रविधितर्फ अग्रसर भएको जनाइएको छ ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर