प्रचण्डले भने अब 'ओली प्रवृतिको पनि चाँडै अन्त्य भएर देशले निकासा पाउने छ' — OSNepal

प्रचण्डले भने अब ‘ओली प्रवृतिको पनि चाँडै अन्त्य भएर देशले निकासा पाउने छ’

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताएका छन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरीप्रसाद पौडेलको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने दावी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

सभामा अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपुर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागि परेको आरोप समेत लगाएका छन् । नेपाली राजनीतिमा देखिएको कालो बादललाई आफुहरुले अन्त्य गरेर छाड्ने नेता प्रचण्डले दावी गरेका छन् ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न एमालेसँग मिले पनि ओलीको तानाशाही शैलीले तहसनहस पारेको बताएका प्रचण्डले अब ओली प्रवृतिको पनि चाँडै अन्त्य भएर देशले निकासा पाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर