आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निणर्य — OSNepal

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निणर्य

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्तसहित गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको हो । मुख्य सचिव शंकरदास मैनालीबाट जारी गरिएको सुचनामा काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् ।

काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । यसैगरी काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने जनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सम्म तालिका र मिति गय गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर