युद्घबहादुर मल्ल/मुगु -विकट हिमाली जिल्ला मुगुमा श्रीमान तथा घर परिवारबाट हिंसा भै पिडित रहेका महिलाहरुलाई सहयोग गरिएको छ । कणाली प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,सामाजिक विकास कार्यालय मुगुको आर्थिक सहयोगमा अन्पकालिन आश्रय सहितको जिल्ला सेवा व्यवस्थापन कार्यक्रम अनतरगत सामाजिक पुनस्थापना तथा हिंसामा परेका महिलाहरुलाई सहयोग कार्यक्रम अनुसार मंगलबार पिडित महिलाहरुलाई सहयोग गरिएको हो ।
घरपरिवार तथा श्रीमानको हिंसामा परेर अलग्गै जिवन विताईरहेका ४ जना महिलाहरुलाई सामाजिक विकास कार्यालयका प्रमुख लोक प्रसाद पौडेलपत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल ,संचारकर्मिहरु राज बहादुर शाही र जिवन सेजुवालले सहयोग सामगी्र हस्तान्तरण गर्नु भएको थियो ।
जिल्लामा रहेका ४ वटा स्थानिय तहमा रहेका हिंसा पिडित महिलाहरु मध्यबाट सबै भन्दा नाजुक अवस्थामा बसिरहेका ४ जना महिलाहरुलाई प्रति महिला ३० केजी चामल,डसना,बलान्केट र छाला सहयोग गरिएको साझेदार सस्था महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी गराउनु भयो ।
सामाजिक विकाससंगै सम्झौता भए अनुसार महिला अधिकार केन्द्रले जिल्लामा घटना अध्ययन र तथ्याङ्ग संकलन,जिल्ला स्तरिय अभिमसखिकरण तथा समन्वय गोष्ठी,उद्घार तथा स्वास्थ्य उपचार मनोविमर्ष तथा मनो परामर्श,कानुनी उपचार तथा न्यायमा पहुच र सामाजिक पुनस्थापना तथा पारिवारिक मिलन जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।
न्यून तथा सिमित बजेटका कारण पिडित सबै महिलालाई समेटन नसकिएको र सामाजिक उत्तरदायित्व अन्तरगतका यस्ता कार्यक्रममा सरकारले विकटता,महन्गी र एक परिवारलाई कम्तिीमा ६ महिनासम्म पुग्न सक्ने गरि सहयोग गर्न मिल्ने बजेट तथा कार्यक्रम बनाउनु पर्ने सामाजिक विकास कार्यालयका प्रमुख पौडेंलले बताउनु भयो ।थोरै भएपनि आफुहरुको दुख्खमा मलम लगाई दिएकोमा सरकार तथा मातहतका निकायलाई सेवाग्रहि महिलाहरुले खुशी व्यक्त गरे ।
छायाँनाथ रारा नगरपालिकाबाट चन्द्ररुपा रोकाया,खत्याड गाँउपालिकाबाट मायालक्ष्मी मल्ल,सोरु गाँउपालिकाबाट अम्विका शाही र मुगुम कार्मारोङ्ग गाँउपालिकाबाट पाल्जु तामाङ्गले सहयोग पाउनु भएको थियो ।