काठमाडौँ ८ असार । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले संविधानका निर्मातामध्ये नै संविधानको शब्दरभावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउनेरबन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको बताएका छन् ।
सर्वोच्चको यस्तो निणर्यबाट क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आॅखा खुलोस् भन्दै भट्टराईले ट्वटिर मार्फत अदालतको फैसलाको स्वागत गरेका छन् ।
भट्टराईले देखेका छन् , संविधानका निर्मातामध्ये नै संविधानको शब्दरभावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउनेरबन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो।क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आॅखा खुलोस् !