जब १८ वर्षकी युवती ३० वर्ष जेठो ४८ वर्षको पुरुषको प्रेममा पागल बनिन् उनले बाबु आमा नै त्यागिदिइन् — OSNepal

जब १८ वर्षकी युवती ३० वर्ष जेठो ४८ वर्षको पुरुषको प्रेममा पागल बनिन् उनले बाबु आमा नै त्यागिदिइन्

LC (KTM) August 21, 2022 0

काठमाडौँ ।

प्यास कियातो डरना क्या । बलिउड फिल्मको यो रोचक किस्सालाई प्रेमी मनहरुले आ आफ्नै आवश्इकता अनुसार तर्क दिने गरेका छन् ।

जब मायामा परिन्छ तब जातभात र उमेरले पनि छेक्दैन । यही भनाई अनुसार अमेरिकाकी नताली नामक १८ वर्षकी किशोरीले ४८ वर्षका पुरुषसँग प्रेम गरेर चर्चामा आएकी छिन् । हाल २१ वर्षमा दौडीरहेकी सुन्दरी नतालीले आफ्ना ५१ वर्षका प्रेमीसँगको रोमान्टिक अवतारलाई सामाजिक संजालका माध्यमबाट बाहिर ल्याईरहेकी हुन्छिन् ।

नताली र उनका प्रेमीले उनीहरु १८ र ४८ वर्षको उमेरमा सुरु गरेको प्रेमलाई सामाजिक संजालका प्रयोगकर्ताहरुले आँफुहरुलाई सुनाइरहेका नराम्रा कुरा, तरुनी र बुढाको जोडी, कस्तो नपिमलेको जोडी लगायतका आरोपहरुले उनीहरु सुरुसुरुमा निकै तनावमा आउने गरेको भएता पनि अहिले उनीहरु बानी परिसकेका छन् ।

अहिले जसले जे भनेता पनि २१ वर्षकी किशोरी नतालीलाई छुँदैन । उनी आफ्नो प्रेममा अडिग छिन् । सुरुमा बाबु आमाले थाहा पाउँदा साथ निकै तनावमा रहेकी नतालीले आफ्नो प्रेम पाउनका लागि बाबु आमालाई नै छाडिदिएकी छिन् ।

संसारले आँफुहरुलाई जस्तो सुकै आरोप लगाएपति नतालीले अहिले आँफुहरु मायामा डुबेका कारण कसैको आरोपले केही नहुने बताउँदै आएकी छिन् । द सनमा प्रकाशित रिर्पोटका अनुसार नताली र उनका प्रेमी बाँबीलिे छिट्टै विबाह गर्ने तयारी समेत गरेका छन् ।

उनीहरु टेनिस खेल्ने क्रममा भेट भएर चिनजानपछि आजको यो अवस्थासम्म आइपुगेका हुन् । खासमा नतालीका प्रेमी बाँबी टेनिस खेलका प्रशिक्षक हुन् । हाल उनीहरु लिभिगं रिलेसनसिपमा बस्दै आएकी छन् ।

नतालीले ५० वर्ष उमेरको पुरुषसँग आफ्नी छोरी प्रेममा परेको थाहा पाएपछि मानसिक अस्पताल लगेर उपचार गराउने कोशिसले झनै बिच्किइन् उनी र घर छाडेर प्रेमीसँग बस्न थालेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर