नेपालमा आज थप चार हजार ५२२ जनामा कोरोना सङ्क्रमण पुष्टि,४१ जनाको मृ त्यु — OSNepal

नेपालमा आज थप चार हजार ५२२ जनामा कोरोना सङ्क्रमण पुष्टि,४१ जनाको मृ त्यु

LC (KTM) June 22, 2021 0

काठमाडौं, ८ असार- थप चार हजार ५२२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख २६ हजार ३४३ र एन्टिजेन पोजेटिभ २८ हजार १२७ पुगेको छ । हालसम्म ३२ लाख ८५ हजार ५३ जनाको पिसिआर र एक लाख ५१ हजार ५९२ जनाको एन्टिजेन बिधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार ९५४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या पाँच लाख ६४ हजार ८८२ पुगेको छ । कारोना निको भएको दर ९० दशमलव २ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै कुल मृतकको सङख्या आठ हजार ८१३ पुगेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको संख्या सात लाख ३१ हजार ६५३ पुगेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर