सँयौ यात्रु बोकेर हिडेको विमानका पाइलट निदाएपछि — OSNepal

सँयौ यात्रु बोकेर हिडेको विमानका पाइलट निदाएपछि

LC (KTM) August 20, 2022 0

काठमाडौँ, भदौ ४ :

इथियोपियामा एक विमानका दुबै पाइलटनै निदाएपछि विमान अवतरण निर्धारित विमानस्थलमा समयमा अवतरण हुन नसकेको खबर बाहिर आएको छ । सुडानको खार्तूमबाट सोमबार इथियोपियाको राजधानी आदिस अबाबाका लागि उडेको जहाजका दुवै पाइलट निदाएपछि बोइङ ७३७ विमान एयरपोर्टमा अवतरण हुन नसकेको समाचारमा जनाइएको छ ।

अवतरण गर्ने समयमा विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो। त्यतिबेला विमानले अवतरणका लागि कुनै पनि प्रयास नै नगरेको बताइएको छ ।वतरण गर्ने बेला भइसक्दा पनि विमानले उचाई नघटाएपछि एयर ट्राफिक कन्ट्रोलले पाइलटहरूलाई पटक पटक सन्देश पठाएपनि उनीहरु कुनै जवाप नदिएपछि दुवै पाइलट मस्त निदाएको खुल्न आएको बताइएको छ । विमानले विमानस्थलको धावनमार्ग पार गर्ने बित्तिकै उनीहरुको अटोपाइलटको सम्पर्क विच्छेद भएको थियो।

यसले क्याबिनमा अलार्म बज्यो, जस कारण पाइलटहरू निन्द्राबाट ब्यूझिए। यसपछि विमानलाई हतार हतारमा अवतरण गरिएको थियो।दुवै पाइलट निन्द्राबाट ब्युझिएपछि पनि पाइलटलाई विमान अवतरण गर्नका लागि २५ मिनेट समय लगाएको बताइएको छ ।

अबाबा जाने जहाजले अगष्ट १५, २०२२ मा आदिस अबाबा एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क अस्थायी रूपमा टुटेकोबारे जानकारी भएको भन्दै अनुसन्धान सुरू गरिएको बताएको छ।उड्डयन विश्लेषकहरुले यो घटना गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर