सरकारमा जान पार्टी फुटाउन समेत तयार भएका ठाकुरलाई दियो सर्वोच्चले धक्का ,अब न पार्टी न सरकार ! — OSNepal

सरकारमा जान पार्टी फुटाउन समेत तयार भएका ठाकुरलाई दियो सर्वोच्चले धक्का ,अब न पार्टी न सरकार !

LC (KTM) June 22, 2021 0

काठमाडौं ८ असार । सरकारमा जान आफ्नै पार्टी फुटाउन तयार भएको महन्थ ठाकुरलाई सर्वोच्च अदालतले सवक सिकाएको छ । प्रधानमन्त्री केपी ओलीले गत जेठ २१ गते जनता समाजवादी पार्टीका महन्थ ठाकुर समुहका नेतालाई सहभागी गराई उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २० मन्त्री नियुक्त गरेका थिए ।

संसद विघटन भएपछि काम चलाउन सरकारले विस्तार गरेको मन्त्रिपरिषद अवैधानिक हुने भन्दै परेको रिटमा आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । पार्टी फुटाउन समेत अघि सरेका ठाकुरसहित ओलीलाई सर्वोच्चले ठुलो धक्का दिएको छ ।

सर्वोच्च अदालतले नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी यी मन्त्रीहरुलाई पदमुक्त गरेको छ । पदमुक्त हुने मन्त्रीहरूमा उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र राजेन्द्र महतो पदमुक्त भएका छन् । मन्त्रीहरूमा गृहमन्त्री खगराज अधिकारी, शरतसिंह भण्डारी अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, श्री चन्दा चौधरी रहेका छन् ।

यस्तै,एकवाल मियाँ, नारद मुनि राना, गणेशकुमार पहाडी, मोहन बाँनिया र राज्यमन्त्रीहरूमा चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी वि।क।लाई मन्त्रीपदबाट मुक्त गर्न अन्तिरिम आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर