चुनाव हारेको स्थानबाट चुनाव जितेर मात्र मर्न चाहाँन्छु : रामचन्द्र पौडेल — OSNepal

चुनाव हारेको स्थानबाट चुनाव जितेर मात्र मर्न चाहाँन्छु : रामचन्द्र पौडेल

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले यस पटक तनहुँ क्षेत्र नम्बर १ बाट चुनावमा उठ्ने बताएका छन् ।

गृहजिल्ला तनहुँ पुगेका पौडेलले पकारहरुसँग बोल्दै मर्नु अघि चुनाव हारेको स्थानमा चुनाव जितने इच्छा रहेको बताएका ।

‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु,’ नेता पौडेलले भने ।

गएको २०७४ सालको निर्वाचनमा तत्कादिन वाम गठवन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान सँग पराजित भएका थिए ।

आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ ।
शीर्ष नेता तनहुँका केन्द्रीय सदस्यहरुसँगसमेत छलफल गरिसकेको बताएका पौडेलले औपचारिक रुपमा निणर्य गरेर अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर