आज भक्तपुरमा ६७ जनामा देखियो कोरोना, काठमाडौं र ललितपुरमा कति ? — OSNepal

आज भक्तपुरमा ६७ जनामा देखियो कोरोना, काठमाडौं र ललितपुरमा कति ?

LC (KTM) June 22, 2021 0

काठमाडौं – काठमाडौं उपत्यकाको कोरोना सङ्क्रमण आज भने केही बढेको छ । आज काठमाडौं उपत्यकामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ३१० जना भक्तपुरमा ६७ जना र ललितपुरमा ९९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोमबार काठमाडौं उपत्यकामा ३७९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ । त्यस्तै सोही अबधीमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । नेपालमा निको हुने दर ९०।२ प्रतिशत रहेको छ । त्यस्तै सोही अबधीमा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर