पौडेलसहित अब मन्त्रिपरिषद्मा मात्र पाँच जना — OSNepal

पौडेलसहित अब मन्त्रिपरिषद्मा मात्र पाँच जना

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । सर्वोच्च अदालतले संसद विघटन पछि गरेको मन्त्रिपरिषद् विस्तार बदर गरे पछि अब मन्त्रिपरिषद्मा ५ जना सदस्यीय मात्र रहेका छन् । आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तार बदर गरेसँगै नयाँ २० मनत्री पदमुक्त भएका हुन् ।

संसद विघटन पछि ओलीले गत जेठ २१ गते उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २० मन्त्री नियुक्त गरेका थिए । भने १० जना मन्त्री हटाएका थिए । सर्वोच्चले अर्थमन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री पद कामयम मै राखी अबको मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री पौडेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ मात्र रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर