काठमाडौं २ भदौ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले जबरजस्ती नागरिकता विधेयक पारित गर्न नहुने बताएका छन् ।
बिहिबार बसेको संसद बैठकमा नेता बाँस्कोटाले विधयेकलाई छलफलबाट पारित गर्नुपर्ने भन्दै नागरिकताको विषय सस्तो बनाउन बताए ।
हतार हतारमा नागरिकता विधेयक पारित गर्न नहुने बताएका उनले भारतमा सात वर्ष , अमेरिकामा तीन वषर्न समयसिमा राखिएको भन्दै दिउँसै आँखा चिम्लेर पारित गर्न मिल्छ भनेर पश््रश गरे ।
सत्ता पक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई त्यहाँ पिस्ने र देशलाई विभाजन गर्ने खालको हुननहुने बताएका उनले देशलाई दुरगामी असर पर्ने गरी नागरिकता विधेयक आउन नहुने बताए ।