काठमाडौं २ भदौ । नेकपा माओवादी केन्द्रले पम्फा भुसालसहित पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ ।
उपाध्यक्षमा पम्फा भुसाल, दिनानाथ शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल र गणेश साहलाई केन्द्रले उपाध्यक्षको जिम्मेवारी दिन तयारी गरेको बताइएको छ ।
बुधबार बाट सुरु भएको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो भने आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।
माओवादी स्रोतले दिएको जानकारी अनुसार देव गुरुङ महासचिव हुने निश्चित भइसकेको छ भने , वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने भएका छन् ।
अब बस्ने बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने भएका छन् ।