प्रदीप ज्ञवालीमाथि वर्षमानको आक्रोश : नागरिकता विधेयक ल्याउँदा ओली नेतृत्वको क्याबिनेटमा तपाईं र म सँगै थियौं होइन र? — OSNepal

प्रदीप ज्ञवालीमाथि वर्षमानको आक्रोश : नागरिकता विधेयक ल्याउँदा ओली नेतृत्वको क्याबिनेटमा तपाईं र म सँगै थियौं होइन र?

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । नेकपा माओवादी केन्द्रमा नेता वर्षमान पुनले नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक माथि दिएको अभिव्यक्तिको कटाक्ष गरेका छन् ।

बिहिबार बसेको संसद बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले पुनः प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा भाग लिँदै पुनले ज्ञवालीले दिएको अभिव्यक्तिको कटाक्ष गरेका हुन् ।

राष्ट्रपतिले पठाएको सन्देशमा विधेयक संविधानसँग बाझिएको विषय कतै उल्लेख नभएको दावी गरेका उनले भने , ‘नागरिकता ऐनका कुनै पनि बुँदा संविधानसँग बाझिएको छैन । त्यतिखेरका संविधान निर्माणकर्ताका आशय सजिलै बुझ्न सकिन्छ कि कहिले काहीं कतिपय कुरामा ध्यान नपुगेको हुनसक्छ । त्यस विषयमा राष्ट्र प्रमुखबाट पुनर्विचार गर्ने ठाउँ राखिएको हो,तर यसलाई दिनदिनैको कार्यकारीको काममा कुनै पनि ढंगले प्रश्न उठाइराख्ने व्यवस्था गरिएको होइन ।’

यता ज्ञवालीले टाउको गणनाका आधारमा नागरिकता विधेयक पारित गरिए राम्रो नहुने चेतावनी दिनुका साथै सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताएका थिए ।

आफु केपी ओली नेतृत्वको सरकारमा मन्त्री रहेकै बेला ०७५ सालमा प्रस्तुत गरिएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे कुनै उल्लेख नभएको भन्दै पुनले ज्ञवालीलाई स्मरण गराए ।

‘म आफैं क्याबिनेटमा थिएँ । पूर्ववक्ता माननीयहरु पनि क्याविनेटमै हुनुहुन्थ्यो । जहाँ वैवाहिक अंगीकृतसम्बन्धी कुनै व्यवस्था थिएन । पछि समितिमा प्रस्तुत भयो, छलफल भयो केही नयाँ व्यवस्थाहरु थपिए । त्यसमा सहमति हुन सकेन, बहुमतले पास गरेर ल्यायो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर